शाहबंशकै उद्गमथलो मानिन्छ–कास्कीकोट । त्यसैल त कास्कीकोटलाई नेपालकै इतिहासको साक्षी मानिन्छ । जिल्लाको नाम पनि यही आधारमा रहनगएका ेविश्वास छ । पोखरा महानगरपालिका–२४ मा कास्कीकोट पर्छ । नेपालएकीकरणको उद्गमबिन्दु पनि यसैलाई मानिन्छ ।
शाहवंशीय राजाका एक कुलमण्डल शाहले ‘शाह’उपाधि पनि यही स्थानमा पाएको विश्वास गरिन्छ । आफैमा ऐतिहासिक यो स्थानको महत्व निकै नै छ ।


यहाँको गुप्तकालीका मन्दिर पनि आकर्षक छ ।
कास्कीकोट राज्यका कुलमण्डन शाहलाई नेपालकाप्रथमशाहवंशीय राजा मानिन्छ । उनैका सन्तान लमजुङ, गोरखाहुँदै राजाका रुपमा फैलिएको इतिहासले देखाउँछ । नेपालकै पुरानो शक्तिपीठ मानिएको यो मन्दिरमा प्रायजसो बडादसैं र चैतेदसैंमा दर्शनार्थीको भीड लाग्छ ।
कास्कीकोट झण्डै छ हजार वर्षअघि कश्यपऋषिले तपस्या गरेको तपोभूमिसमेत हो । नेपालको २४० वर्षे शाहवंशीय इतिहाससँग प्रत्यक्ष जोडिएको कास्कीकोट बाइसे–चौबीसे राजाको समयमा शक्तिशाली चौबीसे राज्यमध्येको एक थियो ।

अष्टमीकाे बेलामा कास्कीकाेट दरबार


इतिहास अनुसार यही राज्यको अधीनमा यहाँका अन्य राज्य चल्थे । कास्कीकोट दरबारमा विसं १११३ वैशाख १४ मा यहाँका राजा ब्रह्म घलेकोहत्या गरी सिंहवशका छोरा जयदेव खानले राज्य शुरु गरेकाथिए । जयदेवपछि उनका धेरै पुस्ताले कास्कीकोटमा राज्यगर्दै आएका थिए । तीनै मध्येका कुलमण्डन खानले आफ्नो शासनकालम ाथुप्रै राम्रा र साहसिक कामका साथै राज्यको सीमाविस्तार, दरबारको पुनःनिर्माण, औषधोपचारकालागि वैद्यको व्यवस्था तथा गुठी स्थापना गरेकाथिए ।

धेरै राम्राकाम गरेकै कारण उनले शाह उपाधिप्राप्त गरेको इतिहासमा उल्लेख छ । त्यसैकारण कुलमण्डनलाई नेपालका शाहवंशीय पहिलो राजाका रूपमालिने गरिन्छ । नेपालको एकीकरणका क्रममा भने कास्कीकोटमा सिद्घिनारायण शाह राजा थिए । उनैका पालामा कास्कीकोट विशाल नेपाल राज्यमा गाभिएको थियो ।


कास्कीकोटको अर्को महत्वपूर्ण आकर्षण यहाँको गुप्तकालिकाको मन्दिर हो । विसं १८११ मा जमीनमुनि कालिकाको मूर्ति भेटिएको र सो मूर्तिलाई तत्कालीन राजासिद्घिनारायण शाहले जमीनमुनि नै राखीमन्दिर बनाएर पूजाआजाको व्यवस्था गरेको पाइन्छ । नेपालका विभिन्न शक्तिपीठ मध्ये यस मन्दिरलाई पनि महत्वका साथ हेरिन्छ ।

दरवार छिर्ने द्वार


मन्दिरमा दैनिक पूजापाठका साथै भाकलगर्ने तथा पञ्चबलिदिने चलन छ । नेपालका शाहवंशीय राजाको उद्गमस्थल समेत रहेका कारण यस ठाउँलाई नेपालको जीवन्त इतिहासको साक्षीमान्न सकिन्छ ।


ऐतिहासिक एवं धार्मिक महत्वको स्थल भएर पनि प्रचारप्रसारको अभाव एवं राज्यको प्राथमिकतामा नपर्दा लामो समय यो क्षेत्र ओझेलमा परेको छ । कास्कीकोट दरबार पुनःनिर्माणमा पुरातत्व विभागले देखाएको चासोसँगै अबभने विकासको ढोका खुल्नेमा आशा जगाएको छ ।

तस्वीरमा कास्कीकोट
तस्विर ः दुर्गा प्रसाद पौडेल