बौद्धनाथ काठमाडौँ शहरको पूर्वी भागमा अवस्थित प्रसिद्ध बौद्ध स्तूप तथा तीर्थस्थल हो । यो स्तूप नेपालको सबैभन्दा ठूला गोलाकार भएको स्तूप हो । सन् १९७९ देखि बौद्धनाथ युनेस्को विश्व सम्पदा क्षेत्र रहेको छ। स्वयम्भूनाथ सँग सँगै बौद्धनाथ पनि काठमाडौँको सबैभन्दा बढि पर्यटकहरूले हेर्ने स्थान मध्ये एक रहेको छ।