श्वेत भैरव काठमाडौं उपत्याका आठ भैरवमध्येको एक हो । यो भैरवको मूर्ति काठमाडौंको हनुमान्ढोकामा छ । वर्षभरि बन्द हुने श्वेत भैरवको मन्दिर इन्द्रजात्राको समयमा मात्र खुल्छ । त्यस बेला भैरवको मुखमा राखेको पाइपको पछाडिबाट प्रसादस्वरूप रक्सी बाहिर निकालिन्छ । सडकमा बसेर श्रद्धालुहरू त्यो पिउन भीड लाग्ने गर्दछन् यो मूर्ति निकै उत्कृष्ट तथा अनुरूप कलाको नमुनाका रूपमा चिनिन्छ ।